बागमतीमा १ लाख ६४ हजार नाघ्यो एमालेका संगठित सदस्य,मकवानपुरमा मात्रै ९ हजार २ सय भन्दा बढी

अखबार हब
२०७८ कार्तिक २४, बुधबार १८:५५

काठमाडौं। नेकपा एमाले बागमती प्रदेशमा डेढ लाख भन्दा बढी संगठित सदस्य पुगेका छन । आगामी दशौं महाधिवेशनमा प्रतिनिधि छनोटको दिन कात्तिक २७ नजिक आइरहँदा एमाले बागमतीले १३ ओटै जिल्लाको संगठित सदस्यको बिवरण तयार पार्दा १ लाख ६४ हजार २ सय ३० जना पुगेका हुन ।

एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द्रप्रसाद पोखरेलले काठमडौंको संगठित सदस्यको बिवरण केही बढन सक्ने भएकोले यो संख्यामा केही थपिने जानकारी दिए। काठमाडौं जिल्ला कमिटीले आज पनि सदस्यता नविकरणको काम भइरहेकोले प्रदेश कार्यालयमा केही संख्या थपिने जानकारी गराएको र कात्तिक २७ गते बिहानसम्म सवै टुंगो लाग्ने प्रदेश कमिटीले जनाएको छ । बागमती अध्यक्ष पोखरेलले दिएको जानकारी अनुसार १३ जिल्लामध्ये काभ्रेपलाञ्चोकमा सवैभन्दा बढी र रसुवामा सवैभन्दा कम संगठित सदस्य रहेका छन । सिन्धुली काभ्रेपछि दोस्रो नम्बरमा देखिएको छ ।

एमाले बागमती प्रदेश कार्यालयका अुसार काभ्रेमा २२ हजार ५५ जना संगठित सदस्य रहेका छन भने रसुवामा १८ सय ३६ जना संगठित सदस्य पुगेका छन । यस्तै काठमाडौंमा २० हजार १ सय, ललितपुरमा ८ हजार ६ सय ५, भक्तपुरमा ५ हजार २ सय ८९ जना संगठित सदस्य रहेका छन । यसैगरी मकवानपुरमा ९ हजार २ सय ५८, चितवनमा १५ हजार ८ सय ११, धादिङमा १२ हजार २ सय ४९, नुवाकोटमा ८ हजार ९ सय २६ जना संगठित सदस्य पुगेको प्रदेश अध्यक्ष पोखरेलले बताए। यस्तै दोलखामा १२ हजार १ सय ५७, सिन्धुपाल्चोकमा १५ हजार २५, रामेछापमा १२ हजार ६ सय ६२ र सिन्धुलीमा २० हजार २ सय ५७ जना संगठित सदस्य पुगेका छन ।

यसमा तपाइको मत

Your email address will not be published.


*