नेपालमा विकास नहोस् भन्ने तत्वले एमसीसीबारे भ्रम छरे : पूर्वप्रधानमन्त्री भट्टराई

अखबार हब
२०७८ कार्तिक २३, मंगलवार १७:०८

काठमाडौँ  । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी)बारे भ्रम छरेको बताए ।

गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो धारणा राखेका हुन् । यसमा भारत,चीन र अमेरिका लागेको उनको आरोप थियो।

एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो । उनले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। ‘एमसीसीले देश खान्छ भन्ने भ्रम हो’ उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*