मैत्रीपूर्ण खेलमा मछिन्द्रसँग जाउलाखेल ४–३ ले पराजित

अखबार हब
२०७८ कार्तिक २२, सोमबार १८:५४

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सिजन पूर्वको मैत्रीपूर्ण खेलमा सोमबार जाउलाखेल युथ क्लबलाई ४–३ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सप्पन्न खेलमा मछिन्द्रका लागि अभिषेक रिजाल, अभिषेक गुरुङ, रेजिन सुब्बा र अभियान प्रधानले एक–एक गोल गरे । जाउलाखेलका फ्लोरेन्ट क्लोरा, विजयसिंह ठकुरी र विपिन कँडेलले गोल गरे ।

यसअघि मछिन्द्रले पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।

कात्तिक २९ गतेबाट सुरु हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रले पहिलो खेलमा मंसिर २ गते न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*