एमाले महाधिवेशन असफल बनाउने खेल भइरहेको छ : शाक्य
मकवानपुर । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशन असफल बनाउने खेल भइरहेको बताएकी छन् । पार्टीको महाधिवेशन असफल बनाउन विभिन्न तत्वहरु क्रियाशील भइरहेको उनले दाबी गरिन् ।
सोमबार वाग्मती प्रदेशको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने बताइन् । प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले सम्पूर्ण प्रदेशसभा सांसद तथा कार्यकर्तालाई तोकिएकै समयमा महाधिवेशन हुने भएकाले त्यसलाई सफल बनाउन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न समेत आह्वान गरेकी छन् ।
‘एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ ? कसरी भूमिका विहीन अवस्थामा पुर्याउन सकिन्छ भनेर विभिन्न तत्वहरु क्रियाशील भइरहेका छन्, ’ उनले भनिन्, ‘यतिबेला एमालेमाथि चारैतिरबाट प्रहार भइरहेको छ । त्यसकारण हामीले योजनाबद्ध ढंगबाट सदन र पार्टीमा आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ ।’







