प्रदेश १ मुख्यमन्त्रीमा राईले लिए सपथ

अखबार हब
२०७८ कार्तिक १६, मंगलवार १८:२३

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ लिएका छन्। गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका राईले प्रदेश प्रमुख सोमनाथ अधिकारीबाट सपथ लिएका हुन्।

एकीकृत समाजवादीका राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रदेश १ मा एकीकृत समाजवादीका राईलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतले मुख्यमन्त्रीमा समर्थन गरेका थिए।

उनको पक्षमा प्रदेशसभाका ४९ जना सांसद छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*