मनहरी फुटबल प्रतियोगीताको तेश्रो दिन : सुर्यकिरण,मनहरी फुटबल क्लव र जनउन्नतको जित
मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा जारीे मनहरी गाउँपालिका स्तरीय दोश्रो सहिद पृतकुमार मोक्तान स्मृती फुटबल प्रतियोगीताको आईबार भएको खेलमा सुर्यकिरण युवा क्लब मनहरी ३ ,मनहरी फुटबल क्लब मनहरी ७,जनउन्नत युवाक्लब मनहरी १(ए) विजयी भएका छन् ।
सिमपानी युवा क्लबलाई ट्राईब्रेकर मार्फत ३–२ गोल अन्तर पराजीत गर्दै सुर्यकिरण युवा क्लव विजयी भएको हो । आजै भएको अर्को खेलमा मोर्डन युवा क्लव मनहरी १(ए) लाई २–० गोल अन्तरले पराजीत गर्दै मनहरी एफसी मनहरी ७ विजयी भयो । यस्तै अर्को खेलमा जनउन्नत युवा क्लव(ए)ले जनआदर्श युवाक्लव मनहरी ३ लाई ३–० गोल अन्तरले पराजीत गर्दै जित निकालेको हो ।
शुक्रबारबाट मनहरीको चकरीमा रहेको खेल मैदानमा सुुरु भएको उक्त प्रतियोगीता आगामी १७ गते सन्चालन हुने छ । प्रतियोगीताको विजेताले नगद रुपैया ५० हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ, यस्तै द्धितिय हुनेले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने आयोजक कमिटीका महासचिव हेलीश मोक्तानले जनाएका छन् ।







