एमाले इन्द्रसरोबर गाउँपालिका अध्यक्षमा पुडासैनी,सचिवमा स्याङतान
मकवानपुर । नेकपा एमाले इन्द्रसरोबर गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा देवकृष्ण पुडासैनी चयन भएका हुन् ।
त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष प्रताप लामा, सचिवमा धनविर स्याङतान, उप सचिबमा बैकुन्ठ थापा र उमा लामा लगायत ६३ सदस्यीय सम्पूर्ण सदस्य कमिटी चयन गरेको हो ।







