एमाले हेटौंडा नगर अध्यक्षमा पुडासैनी
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा शालिकराम पुडासैनी चयन भएका छन् ।
आज भएको पालिका अधिवेशनले पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय उपमहानगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचीवमा बोलबहादुर कार्की, उपसचिवमा उर्मिला श्रेष्ठ, अर्का उपसचिबमा जेन श्रेष्ठ लगायत ८५ सदस्य कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा नवराज खतिवडा,सचिवमा बोलबहादुर कार्की,उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् ।







