पाण्डेले आजै अपरान्ह मुख्यमन्त्रीको शपथ लिने,अन्य तीन मन्त्रीको शपथ पनि आजै

अखबार हब
२०७८ कार्तिक ११, बिहीबार १०:०६

मकवानपुर । बुधबारको प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिए सँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । शाक्यको राजीनामापछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।

बहुमत (५९) सांसदसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई आजै अपरान्ह शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै बुधबार पाण्डेले ५९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए ।

बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेका पाण्डेलाई आजै अपरान्ह ३ः ३० बजे शपथ खुवाउने तयारी प्रदेश प्रमुखको कार्यालयले गरेको हो । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्रीको शपथ पनि आजै हुनेछ ।

माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने लगभग पक्का छ । कुमारीलाई अर्थ, भडेललाई भौतिक र खनाललाई सामाजिक विकास मन्त्रालय दिने गठबन्धनको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*