आलोपालो सरकार चलाउनेबारे कुनै सहमति भएको छैन : राजेन्द्र पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्ठलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा आज राजेन्द्र पाण्डेले पदभार ग्रहन गर्दे छन् । पाण्डे गठबन्धनबाट मख्यमन्त्री बन्न लागेका हुन् । आफु मुख्यमन्त्री बन्ने पक्का भएपछि संचारकर्मीहरुसँग कुरा गर्दै राजेन्द्र पाण्डेले आलोपालो गरेर सरकारको नेतृत्व गर्नेबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।
उनले प्रदेश सरकारको बाँकी कार्यकाल नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले आधा–आधा समय अर्थात आलोपालोबारे कहींकतै निर्णय नभएको प्रतिक्रिया दिएका हुन् । नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले भने आलोपालोका साथ सरकार संचालन गर्नेबारे सहमति भएको बताएका छन् ।
‘आलोपालो कांग्रेसको सुरु देखिको अडान हो ।’ उनले भने, ‘कांग्रेसले बाँकी कार्यकाल आधाआधा समय नेतृत्व गर्ने भएपछि मात्र नेकपा (एस)बाट मुख्यमन्त्री स्वीकारेको हो ।’ सचिव लामाले केन्द्रीय नेतृत्वले गरेको सहमति अनुसार ८ महिनापछि पाण्डेले मुख्यमन्त्री छाड्नु पर्नेछ ।







