तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अल्मुताइरीले गरे सम्झौता

अखबार हब
२०७८ कार्तिक १०, बुधबार १६:४९

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फासँग थप तीन वर्षको सम्झौता गरेका छन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि आफू नयाँ सम्झौताको लागि सहत भएको उनले बताएका छन्।

आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन्। ‘नेपाली फुटबलको स्तरलाई राम्रो बनाउने मेरो वाचा छ, समय मात्र दिनुस्,’ उनले भनेका छन्।

यसअघि अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलसम्म प्रशिक्षकको भूमिकामा रहने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*