सरकार र न्यायालयको अपवित्र सम्बन्ध छरपस्ट भयो : प्रदीप ज्ञवाली

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार १६:४४

गुल्मी ।नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले कार्यापालिका र न्यायालयबीच रहेको अपवित्र सम्बन्ध छरपस्ट भएको बताएका छन् ।

मंगलबार गुल्मीस्थित नेकपा एमाले रेसुंगा नगरक मिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले एमाले नेतृत्वको सरकारकारलाई परमादेश मार्फत् हटाउने न्यायालय अहिले आफैं ‘बिटुलो भएको बताए। उनले भने, ‘यतिबेला सरकार मात्रै होइन न्यायालय उदांगो बनेको छ, आसेपासेसँगै न्यायाधीशको कोटामा पनि मन्त्री बनेपछि कार्यपालिका र न्यायालयको अपवित्र सम्बन्ध पनि छरपस्ट भयो ।’

सचिव ज्ञवालीले नागरिकले वर्षौँदेखि न्याय मागिरहेका बेला न्यायालय भने सरकारसँगै भागवण्डामा रुमलिँदा बिटुलिएको बताए । उनले सरकारको आयू जति समय रहन्छ त्यतिन्जेलसम्म देशका लागि ऐजेरु रहेको बताए । नेता ज्ञवालीले वर्तमान सरकारको ध्यान अघिल्लो सरकारले गरेका आयोग र नियुक्ती खारेजीमा मात्र रहेको दाबी गरे ।

उनले अहिले सरकारले केपी ओली नेतृत्वको सरकारले सुरु गरेका सुकुम्वासी आयोगको खारेजी,सयौँ सडक आयोजनाहरू खारेज गरी विकास विरोधी काम गरेको जिकिर गरे ।

नेकपा एमालेलाई विभाजन गर्न र सकारबाट बाहिर धकेल्नका लागि राजनीतिक दलहरु मात्र नभई अदालत, सभामुख र निर्वाचन आयोगसमेत प्रयोग भएको नेता ज्ञवालीले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*