एमाले हेटौंडा ४ मा बस्ताकोटीको नेतृत्वमा नयाँ कमिटि

अखबार हब
२०७८ कार्तिक ६, शनिबार १८:४४

मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ को अध्यक्षमा राजेन्द्र बस्ताकोटी चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्दर्भमा हेटौँडा ४ मा भएको अधिवेशनले बस्ताकोटीको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटि निर्माण गरिएको हो ।

कमिटिको उपाध्यक्षमा नानिराम अर्याल, सचिवमा प्रकाश सुवेदी उपसचिवहरुमा विक्रम लामिछाने र गिता त्रिपाठी चयन भएका छन् । वडा अधिवेशन एमाले मकवानपुर जिल्ला कमिटिका सचिवालय सदस्य नविन सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*