मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १९:१०

मकवानपुर। वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते विश्वासको मत लिने भएकी छन् । प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएपनि कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएकाले कात्तिक १० गते पुर्‍याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*