एमालेको १०औँ महाधिवेशन चितवनमा
काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।







