मुख्यमन्त्रीले दोहोरो चरित्र देखाउनुभयो, हामी अलमलमा छौँ : विवेकशील साझा

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १८:१५

मकवानपुर। वागमती प्रदेशसभामा विवेकशील साझा पार्टीले मुख्यमन्त्री लाई विश्वासको मत दिनेरनदिनेमा अलमल रहेको बताएको छ ।

बिहीबार मुख्यमन्त्री शाक्यले मागेको विश्वासको मतमाथि छलफलमा बोल्दै पार्टीका नेता रमेश पौडेलले मुख्यमन्त्रीले दोहोरो चरित्र देखाएकाले आफूहरू अलमलमा रहेको बताए ।

मुख्यमन्त्री शाक्य ‘हिजो प्रतिगमनको विपक्षमा भएको तर अहिले प्रतिगमनकारीसँग मिलेको’ भन्दै उनले मुख्यमन्त्रीको दुईवटा चरित्र देखाएको बताए । उक्त चरित्रमध्ये कुनलाई विश्वास गर्नेमा पार्टी अलमलमा परेको उनको तर्क छ ।

धेरैको त्याग र रगत पसिनाबाट आएको संविधान मास्न खोज्ने केपी ओली प्रवृत्तिलाई साथ दिएकाले मत नदिने निष्कर्षमा पुगेको उनले बताए ।

वागमती प्रदेशसभामा विवेकशील साझाका दुई जना सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*