जमरकट्टेलले भने – ‘मुख्यमन्त्रीज्यू राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्’

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १७:१७

मकवानपुर। वागमती प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं माओवादी सांसद शालिकराम जमरकट्टेलले राजीनामा दिएर मार्गप्रशस्त गर्न मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई सुझाव दिएका छन् ।

सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभालाई आफूखुसी चलाउन खोजेको भन्दै जमरकट्टेलले ढिलाइ गर्नुभन्दा मार्गप्रशस्त गर्नु नै मुख्यमन्त्रीको हितमा हुने चेतावनी दिएका हुन् ।

‘प्रदेशसभाबारे एउटा सहमति गरे पनि मुख्यमन्त्रीजीको पार्टीले अनेक बहाना गरेर मुठभेड निम्त्याउन खोजेको छ । मुख्यमन्त्रीले आफ्नो कुरा राखिसक्नुभयो अब राजीनामा दिनु नै उपयुक्त हुन्छ । विश्वासको मत लिन ढिलो भइसकेको छ । अझै निहुँ खोज्ने हो भने बहुमत लिएर प्रदेश प्रमुखकहाँ जान बाध्य हुनेछौ’, जमरकट्टेलले प्रदेशसभा बैठकमा भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*