पुन : एमालेमै फर्किए कैलाश ८ का वडा अध्यक्ष थिङ्ग

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १३:४०

मकवानपुर । एमाले विभाजन पछि माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजबादी) मा सनाखत गरेका मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङ्ग पुनः एमालेमा फर्किएका छन् ।

आज हेटौंडा पुष्पलाल पार्क स्थित एमाले मकवानपुरको जिल्ला पार्टी कार्यलयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले वडा अध्यक्ष थिङ्गलाई खादा लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष थिङ्गले आफु एमालेमै रहेर सक्रिय भएर पार्टीले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताए । उनले आफु एमालेको सूर्य चुनाव चिन्हबाट निर्वाचित भएको बताउँदै सूर्य चिन्ह छोड्न नसकेको प्रष्ट पारे । पार्टी विभाजनको प्रक्रियामा सूर्य चुनाव कता जाने भन्ने विषयको बीच भुलबस समाजवादीमा सनाखत हुन पुगेको बताए । उनले आउँदो दिनमा एमाले पार्टीलाई आफ्नो पार्टीलाई वडामा अगाडी बढाउन सक्रिय ढङ्गले अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सह ईन्चार्ज डोरमणी पौडेल,प्रदेश सदस्य अनन्त पौडेल,देवराज रिमाल,बरीना बल,भोजराज ढकाल,एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल,सचिव एकलाल श्रेष्ठ,भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा,कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*