नेकपा एसका सल्लाहकार – विश्लेषक कृष्ण पोखरेलदेखि भाइरलम्यान पुण्य गौतमसम्म

अखबार हब
२०७८ कार्तिक ३, बुधबार १५:२७

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्राध्यापक कृष्ण पोखरेलदेखि युट्युब भाइरलम्यान पुण्य गौतमसम्मलाई समेटेर १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सल्लाहकार परिषद्को सभापति भने चयन गरिएको छैन ।

नेकपा एसको सल्लाहकार परिषद्‌मा लेखक तथा राजनीतिक विश्लेषक प्रा।कृष्ण पोखरेल, मनमोहन अधिकारीको पालाका नेताहरू केशरमणी पोखरेल, लोककृष्ण भट्टराईदेखि भाइरलम्यान पुण्य गौतमसमेत परेका छन् ।

सल्लाहकार परिषद्‌मा नेकपा एसले मोदनाथ प्रश्रित, वरिष्ठ पत्रकार गोपाल थपलिया, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, २०४८ पछि कम्युनिष्ट राजनीतिबाट अलग्गिएका बद्रीप्रसाद खतिवडा (विरोध खतिवडाका पिता), गजलकार बुँद रानालगायतलाई समेटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*