साफ च्याम्पियनसिप उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको घोषणा

अखबार हब
२०७८ कार्तिक १, सोमबार २०:३८

काठमाडौँ । सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली फुटबल टोलीको सुधारिएको प्रदर्शनलाई ध्यानमा राख्दै खेलाडी र प्रशिक्षकलाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*