टी–२० विश्व कप : आयरल्यान्डको विजयी सुरुवात

अखबार हब
२०७८ कार्तिक १, सोमबार २०:२६

काठमाडौँ । टी–२० विश्व कप २०२१ मा आयरल्यान्डले विजयी सुरुवात गरेको छ । आज सोमवार समूह ‘ए’ को खेलमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई सात विकेटले हराउँदै विश्व कपमा विजयी सुरुवात गरेको हो ।

नेदरल्यान्ड्सले दिएको एक सय सात रनको सामान्य लक्ष्य आयरल्यान्डले तीन विकेट गुमाएर २९ बलअघि नै भेटायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले ४० रन बनाउँदा पल स्ट्रर्लिङले अविजित ३० रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन, ब्रान्डन ग्लोभर र पिटर सिलरले एक–एक विकेट लिए ।

यसअघि यूएईको आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा अलआउट हुँदै एक सय ६ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ५१ रन बनाए । आयरल्यान्डका कर्टिस क्याम्फरले ह्याट्रिकसहित चार विकेट लिए ।

यो टी–२० विश्व कप २०२१ को पहिलो ह्याट्रिक पनि हो । क्याम्फरले १० औँ ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौँ बलमा लगातार चार विकेट लिएका हुन्। । क्याम्फर टी–२० क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने तेस्रो बलर पनि बनेका छन् ।

विश्व कपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह ुएु मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह ‘बी’ मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुईरदुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*