स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली

अखबार हब
२०७८ कार्तिक १, सोमबार १२:२६

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थल पुगेका थिए ।

उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३-० ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*