नेपाली फुटबल टोलीलाई कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

अखबार हब
२०७८ आश्विन ३१, आईतवार १०:४३

काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

शनिबार राती भएको फाइनलमा भारतसँग नेपाल ३–० गोलअन्तरले पराजित भएपछि पहिलोपटक उपाधि जित्न चुकेको थियो ।

कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलोपल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*