ओलीको साथ छाडेका श्रेष्ठ र आलेले पाए मन्त्री उपहार
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादी पार्टीबाट पाँच जना मन्त्री बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको नेतृत्वमा सहरी विकास, श्रम, रोजागार र सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य राज्यमन्त्री गरी चार मन्त्री सहभागी हुने भएका हुन् ।
प्रेमबहादुर आले संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री , श्रम तथा सामाजिक सुरक्षा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ, रामकुमारी झाक्री सहरी विकास र भवानी खापुङ्ग राज्यमन्त्रीको रुपमा सहभागी भएका हुन्।
पूर्व एमालेमा रहँदा केपी शर्मा ओली निकट रहेका दुइ सांसदले एकीकृत समाजवादीमा पार्टीमा लागेपछि मन्त्री पुरस्कार पाएका छन् । त्यसो त उनीहरूले एमालेमै रहदाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । आलेलाई ओलीले आफ्नो मन्त्रीमण्डलमा वन मन्त्री बनाएका थिए भने कृष्णकुमार (किसान) श्रेष्ठ ओलीको चाहनामा तत्कालीन जनता समाजवादी पार्टी फुटाउनका लागि पूर्वस्वास्थ्य राज्यमन्त्री एवं उक्त दलका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्न पहिलो पटकको लकडाउनको समयमा एमाले नेता महेश बस्नेत तथा नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित महोत्तरी पुगेका थिए ।
पछिल्लो समय किसान श्रेष्ठसँगै केपी ओली क्याम्प छाडेपछि प्रेमबहादुर आले मन्त्री बन्ने चर्चा व्याप्त थियो । कित्ता परिवर्तन गरेर पनि मन्त्री उपहार श्रेष्ठ र आलेले पाएका छन् ।
सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्री बनेका देउवालाई श्रेष्ठ र आलेले नेपाल समूहमा प्रवेश गरी विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिएसँगै उनीहरू स्पष्ट रुपमा नेपाल समूहसँग खुलेका थिए ।
ओली प्रधानमन्त्री रहँदा पनि श्रेष्ठ विश्वासिलो पात्र मानिन्थे। ओली समूहमा रहँदा आलोचना र तिरस्कार भोगेका उनी पछिल्लो समय नेपाल समूहमा गरेका थिए । पहिलोपटकको संसद विघटनमा ओलीलाई साथ दिए पनि दोस्रो पटकको संसद विघनटपछि श्रेष्ठ ओलीसँग टाढिएका थिए ।
ओलीले श्रेष्ठलाई मन्त्री बनाउने आश्वासन दिए पनि मन्त्री बनाएका थिएनन् ।







