कांग्रेसले अब सञ्चारसहित थप ३ मन्त्रालय पाउने

अखबार हब
२०७८ आश्विन १९, मंगलवार १८:३२

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटमा करिबकरिब सहमति जुटेको छ। मंगलबार पनि गठबन्धनका दलहरुको बैठक बसेको थियो। सो बैठकपछि गठबन्धन आबद्ध दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालयको नाम लगभग टुंगिएको नेताहरुको भनाइ छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाउने सहमति जुटेको प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले बताए।

कांग्रेसको तर्फबाट यसअघि नै प्रधानमन्त्री, तीन मन्त्री र एक राज्यमन्त्री बनिसकेका छन्। सो पार्टीबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ बनेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*