माओवादीबाट चुनाव जितेका वडा अध्यक्ष खड्काले रोजे एमाले

अखबार हब
२०७८ आश्विन १३, बुधबार १६:३६

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष दिपक खड्काले आफु नेकपा एमालेको कार्यकर्ता हुन लागेको बताएका छन् । हेटौँडा बाट सञ्चालित एक टेलिभिजन कार्यक्रममा खड्काले अबको राजनीतिक यात्रा एमालेबाट हुने बताएका हुन् ।

माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन अर्थात ओली पक्ष तिर खुलेरै लागेका थिए ।

सर्वोच्च अदालतलको फैसल्ला पछि नेकपा एमाले र माओवादी पुर्ववत अवस्थामा फर्किएसँगै कुनै पार्टीमा नखुलेका खड्का माओवादी पार्टीले जनताको लागि काम गर्र्न नसकेको,पार्टीका अध्यक्ष प्रचण्ड पद पाउनकै लागी जोसँग पनि सत्ता समिकरण गर्न तयार रहेको र साथै मकवानपुर जिल्लाका नेताहरु पदलोलुप भएको कारणले आफुले नेकपा माओवादी परित्याग गरी एमाले पार्टीमा खुल्ने तयारी गरेको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*