कांग्रेस अधिवेशनः मकवानपुरका पालिकामा देउवा पक्षको वर्चस्व
मकवानपुर । नेपाली कांग्रेसको हालै सम्पन्न पालिका अधिवेशनअन्तर्गत मकवानपुरका अधिकांश स्थानमा सभापति शेरबहादुर देउवा पक्षले विजय हासिल गरेको छ । मकवानपुरका १० स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति देउवा समूहका ६ जना र इतरका चार जना सभापतिमा निर्वाचित भएका छन् ।
देउवा समूहबाट हेटौंडामा उत्सव इटेनी, मनहरीमा प्रकाश बर्तौला, मकवानपुरगढीमा राजवीर लामा, कैलाशमा राजेन्द्र घिसिङ, बकैयामा दिलबहादुर भोम्जन र इन्द्रसरोवर गाउँपालिकामा विश्व लामा निर्वाचित भएका छन् । रामचन्द्र पौडेल समूहबाट थाहा नगरपालिकामा प्रमोद जोशी, भीमफेदीमा सञ्जीव श्रेष्ठ, वाग्मतीमा फणीन्द्र तिमल्सिना र राक्सिराङमा वीरेन्द्र जिम्बा सभापतिमा चयन भएका छन् ।







