नेपाली कांग्रेस ओखलढुंगा लिखुको सभापतिमा कुमार सुवेदी

अखबार हब
२०७८ आश्विन ९, शनिबार २१:२१

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका जिल्लाको लिखु गाउँपालिकाको सभापतिमा कुमार सुवेदी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट सुवेदी सभापतिमा सर्वसम्मत निर्वाचित भएको हुन् ।

त्यस्तै उपसभापतिमा मेघ बहादुर कार्की र जितबहादुर रोक्का सर्वसम्मत भएका छन् ।

अधिवेशनले सचिवमा गोपाल खड्का र रमेश घिमीर तथा सह–सचिवमा मोहन कार्कीलाई चयन गरेको छ, भने कोषाध्यक्षमा निलकमल भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*