कांग्रेस इन्द्रसरोवर गाउँपालिका सभापतिमा विश्वलाल सर्वसम्मत निर्वाचित

अखबार हब
२०७८ आश्विन ९, शनिबार १९:०६

मकवानपुर । नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिकाको सभापतिमा विश्वलाल लामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज(शनिबार) भएको कांग्रेसको गाउँ अधिवेशनबाट लामा सभापतिमा सर्वसम्मत निर्वाचित भएको मतदान अधिकृत मदन लामिछानेले बताए ।

त्यस्तै उपसभापतिमा किशोर बास्ताकोटी र कृष्ण बहादुर भोम्जन सर्वसम्मत भएका छन् ।

अधिवेशनले सचिवमा अर्जुन बानियाँ र कृष्ण महर्जन तथा सह–सचिवमा बसन्ती स्याङ्तान र सुर्य पाख्रिनलाई निर्वाचित गरेको छ । कार्यसमितिमा १५ जना सदस्य सर्वसम्मत भएको र थप ७ जना मनोनित गरी कूल ३३ जनाको कार्यसमिति रहने जनाइएको छ । इन्द्रसरोवरमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी कुल ७८ जना मतदाता छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*