हेटौँडा आएर माधव नेपालले भने – ‘एकीकृत समाजवादीले जबजलाई मानेको छ’
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला भेला हेटौँडामा सम्पन्न भएको छ ।
जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादको मान्यतालाई आत्मात गर्ने जिकिर गरेका छन् ।
उनले विरोधीहरुले एकिकृत समाजवादी पार्टीले जवज नमान्ने भनेर हल्ला फिँजाई रहेको र हल्लाको पछि नलाग्न आग्रह समेत गरेका छन् । साथै उनले नेकपा एकीकृत समाजवादीको देशभर लहर छाईरहेको र देशभर संगठन विस्तारको कामलाई तिब्रता दिएको समेत बताएका छन् ।
यस्तै मकवानपुरको सांसद समेत रहेका नेकपा एकीकृत समाजवादीका स्थायि कमिटी सदस्य विरोध खतिवडाले आफ्ना कार्यकर्तालाई कति भोट जम्मा पार्न सक्नु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले आगमी चुनावलाई लक्षित गर्दै कार्यकर्ता माझ यस्तो प्रश्न गरेका हुन् । साथै उनले नेकपा एकीकृत समाजवादी देशकै प्रमुख कम्युनिष्ट पार्टी बनाएर छाड्ने दाबि समेत गरेका छन् ।







