एमसीसीका कारण गठबन्धन टुट्दैनः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।
बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका लागि एमसीसी सम्झौता भन्दा गठबन्धन मुख्य भएको बताए ।
‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका छौं । ढुक्क हुनुहोला’ उनले कार्यकर्तामाझ भने ।







