‘हामी उत्साहित छौँ, एमालेको जीत सुनिश्चित छ’: रामेश्वर राना
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेदवार रामेश्वर रानाले पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक निर्वाचनमा जुटेको बताएका छन् ।
नेकपा एमाले हेटौंडा ४ नम्बर वडाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आजै हेटौंडा ४, ६ ७ र १४ नं. को अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएको र एमालेको जीत सुनिश्चित रहेको बताए। उनले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा र विकास र समृद्विको नेतृत्व नेकपा एमालेले गरेको र अबका दिनमा पनि गरिरहन नेकपा एमालेले बहुमत ल्याउन मुलुकको आवश्यकता रहेको दावि गरे। उनले हामी सबै प्रतिस्पर्धीसंग स्वस्थ प्रतिस्पर्धा गर्छौ, निष्पक्ष जीत निकाल्छौ रानाको भनाई थियो ।
पार्टीका केन्द्रीले लेखा आयोगका सदस्य नवीन सिग्देलले विकास र समृद्विको लागि निर्वाह गरेको भूमिकाको कारण नेकपा एमाले मकवानपुरमा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेको बताए। उनले सबै पार्टीपङ्ति एकजुट भएर लाग्ने, बलियो संगठनको बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथी देखिएको चौतर्फी आग्रमणको प्रतिरोध गर्ने बताए। कार्यक्रममा जिल्ला सदस्य तथा ४ नं. वडा ईञ्चार्ज शिवहरी दाहालले निर्वाचनको तयारीबारे जानकारी गराएका थिए । भेलामा पार्टी वडा अध्यक्ष नानिराम अर्यालको अध्यक्षतामा भएको भेलामा नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्थिति रहेको वडा सचिव गीता त्रिपाठीले जानकारी दिए ।







