निर्वाचन आयोगले गगन थापा पक्षलाई दियो मान्यता
काठमाडौं । निर्वाचन आयोगले काँग्रेसको मान्यता गगनकुमार थापा पक्षलाई दिएको छ ।
आज बसेको आयोगको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र जानकी तुलाधारले पक्षमा निर्णय दिएका हुन् भने सगुनशमशेर राणाले भने फरक मत राखेका थिए ।
आयोगको निर्णयसँगै अब नेपाली काँग्रेसको आधिकारीक नाम, चुनाव चिन्ह थापा पक्षको भएको हो ।







