मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिदै

अखबार हब
२०८२ पुष २५, शुक्रबार २०:०९

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मकवानपुरमा १ हजार ९ सय २३ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। भर्नाका लागि आजबाट आवेदन खुल्ला गरिएको छ । भर्ना गरिने कुल संख्यामध्ये कम्तीमा ३३ प्रतिशत महिला रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको हो। इच्छुकले माघ १ गतेसम्म दर्खास्त दिन सक्नेछन्। प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बिदाका दिनमा पनि आवेदन लिइने उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*