तलब भत्ताकाे रकमबाट विद्यार्थीलाई पाेसाक

अखबार हब
२०८२ मंसिर ९, सोमबार १७:३२

हेटाैँडा। मनहरी गाउँपालिकाका अध्यक्ष सन्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतकाे रकमबाट विद्यार्थीलाई विद्यालय पाेसाक सहयाेग गरेका छन् । मनहरी-४ मा रहेकाे २३ जना विपन्न तथा दलित विद्यार्थीलाई साेमबार पाेसाक हस्तान्तरण गरिएकाे हाे ।

विद्यालयकाे स्वर्ण महाेत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरकाे पाेसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमाेजिम आफ्नाे तलब भत्ताकाे रकमबाट उक्त सहयाेग गरिएकाे अध्यक्ष कालाखेतीले बताए । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घाेष गरेका थिए । साेही उद्घाेषबमाेजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाकाे घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणकाे काम चलिरहेकाे छ ।

पशुपति माविले संवरण महाेत्सवका अवसरमा आयाेजिक सप्ताहव्यापी कार्यक्रम साेमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डाेत्ताेलन गरी उद्घाटन गरेका हुन् । संवरण महाेत्सवकाे उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दाैड, बाेरा दाैडलगायतका प्रतियाेगिता गरिएकाे छ । विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गाैतमले जानकारी दिए । विव्यस अध्यक्ष गाैतमकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, ४ नम्बर वडाका निवर्तमान अध्यक्ष पवन खड्कालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published.


*