मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

अखबार हब
२०८२ मंसिर १, आईतवार ११:१३

हेटौंडा । मकवानपुरको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सामरी–धादिङ सडक खण्डमा पर्ने भीमफेदी गाउँपालिका–१ बुंगडोल पुलबाट मोटरसाइकल खसेर हेटौँडा उपमहानगरपालिका–२ चौकिटोलका मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ र मोटरसाइकल पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हाल हेटौँडा–२ चौकिटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

सामरीबाट आमभञ्ज्याङ धादिङतर्फ गइरहेको बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल बुंगडोलको पुलबाट करिब ५० फिट तल खसेको थियो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजुप्रसाद कुर्मीले बताए । मोटरसाइकल दुर्घटना राति भएको अनुमान गरिएको छ । आइतबार बिहान उक्त पुल भएर दूध लिएर बजार आउने स्थानीयवासीले दुर्घटना देखेपछि प्रहरीले खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*