अखिल क्रान्तिकारी कपको उपाधि तासिर एकेडेमीलाई
मकवानपुर ।अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको उपाधि तासिर एकेडेमीले जितेको छ ।
मंगलबार हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा तासिर एकेडेमीले रस्सल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तासिर एकेडेमीका अक्षय डंगोल, उत्कृष्ट गोलकिपर तासिरका सुदन मैनाली भएका थिए ।
यस्तै प्रतियोगिताको उच्च गोलकर्ता तासिरका एलेक्स आचार्य भएका थिए । उनले प्रतियोगिता अवधिमा ३ गोल गरेका थिए । बिधागत उत्कृष्ट भएकाहरुलाई टर्फीद्वारा पुरस्कृत गरिएको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा नेकपा (माओवादी केन्द्र)का महाधिवेशेन आयोजक समिति सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, महाधिवेशेन आयोजक समिति सदस्य बिजय गौतम, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रीन, बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) सदस्य बिवेक राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, बागमती प्रदेश अध्यक्ष ध्रुव अधिकारी, सदस्य होमनाथ चौलागाई (यादब), अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य राजेन्द्र मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।
सोमबारबाट सुरु भएका प्रतियोगितामा ८ बिद्यालयको सहभागिता रहेको थियो ।







