समृद्ध नेपाल निर्माणमा सबै एकताबद्ध हुनुपर्छ : मन्त्री पौडेल

अखबार हब
२०८२ आश्विन १३, सोमबार ०८:१४

हेटौंडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले विजयादशमीको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री पौडेलले सत्यको असत्यमाथि, धर्मको अधर्ममाथि र सद्गुणको दुर्गुणमाथि भएको विजयको प्रतीकका रूपमा विजयादशमीलाई मनाइने उल्लेख गर्दै यस पर्वले सुख, शान्ति र आपसी सद्भाव कायम हुने विश्वास व्यक्त गरेका छन् ।

उनले कृषिप्रधान नेपालको कृषि, पशुपालन र उत्पादन क्षेत्रमा मेहनत गर्ने आम नेपालीका लागि विजयादशमीले विशेष महत्व राखेको बताए । गाउँ–घरमा भेटघाट, मायाममता र आत्मीयतामा आधारित संस्कृतिले समाजलाई अझ बलियो बनाउने उल्लेख गर्दै मन्त्री पौडेलले कृषक तथा पशुपालकहरूले भोगिरहेका चुनौतीलाई अवसरमा बदल्दै आत्मनिर्भरता र दिगो विकासतर्फ अघि बढ्न सबैलाई प्रतिवद्ध रहन आग्रह गरे ।

शुभकामना सन्देशमार्फत मन्त्री पौडेलले सकारात्मक सोचसहितको विकासमार्फत समृद्ध नेपाल निर्माणमा सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले विजयादशमीले नयाँ उमंग, उत्साह र ऊर्जा प्रदान गरी परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*