हेटौंडामा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको स्मृतिमा दीप प्रज्ज्वलन

मकवानपुर । भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण सहिदहरूको स्मृतिमा हेटौंडाको बुद्धचोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
डिस्ट्रीक ३२५ एस नेपाल, एरिया–२ अन्तर्गतका लायन तथा लियोहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो।
कार्यक्रममा विभिन्न क्लवका पदाधिकारी तथा लायन अग्रजहरुको उपस्थिति रहेको थियो। उपस्थित सबैले ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।
एरिया चिफ को–अर्डिनेटर लायन अमित शर्माले श्रद्धाञ्जली कार्यक्रममा सहभागिता जनाई सहानुभूति व्यक्त गर्ने सम्पूर्ण लायन अग्रज तथा पदाधिकारीप्रति आभार प्रकट गरेका छन्।