युवा संघले रक्तदान कार्यक्रम गर्दै
मकवानपुर । नेकपा एमाले मकवानपुर भातृ संगठन युवा संघ मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
युवा संघ मकवानपुरको आयोजनामा भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताउनु भयो ।
“विहिबार बिहान ६:३० बजे हुप्राचौरमा वृहत रक्तदान कार्यक्रम हुन लागिएकोले मानवता प्रेमीसबैलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन अनुरोध छ” संघका अध्यक्ष नगरकोटिले आग्रह गर्नुभयो ।
विभिन्न समयमा परिस्थिति अनुसार एमालेले युवा शक्ति परिचालन गरि सामाजिक कार्यक्रम गर्दै आएको छ,यसै अनुसार स्वास्थ केन्द्रहरूमा रगत अभाव हुन थालेको अवस्थालाई मध्यनगर गरेर कार्यक्रम राखिएको नगरकोटीले बताउनुभयो ।







