शिखरकोटमा कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र

अखबार हब
२०८२ श्रावण २७, सोमबार १२:०६

मकवानपुर । थाहा नगरपालिकाको शिखरकोटमा हरेक बर्ष मनाईने कृष्ण जन्माष्टमी जात्रा ब्यवस्थित बनाउन तयारी तिब्र गरिएको छ । बिगत २८ बर्षदेखि शिखरकोट बजारमा रहेका श्रीकृष्ण मन्दिर परिसरमा लाग्ने कृष्ण जन्माष्टमी मेला र घैंटो फुटाउने प्रतियोगिता ब्यवस्थित बनाउनको लागि बजार ब्यवस्थापन समिति शिखरकोट क्रियाशिल भईरहेको छ । जन्माष्टमी मेलालाई भब्य र प्रभावकारी बनाउनको लागि विविध रचनात्मक एवम् मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारीमा आयोजक रहेका छन् ।

कृष्ण जन्माष्टमी मेलाको अवसरमा यसवर्ष श्रावण ३०, ३१ र भाद्र १ गते तीन दिन विविध कार्यक्रमको आयोजना गर्न लागिएको मोला ब्यवस्थापन समिति संयोजक यादव जंग रायमाझीले बताए ।

प्रथम सडक खाना महोत्सव

कृष्ण जन्माष्टमी मेलाको अवसरमा यस वर्षदेखि सडक खाना महेत्सवको आयोजना गर्न लागिएको मोला ब्यवस्थापन समितिका संयोजक रायमाझीले बताए । श्रावण ३० गतेदेखि सुरुहुने सडक खाना महोत्सव थाहा नगरमै पहिलेपटक आयोजना गर्न लागिएको रायमाझीले बताए ।

खाना महेत्सवमा स्थानीय परिकारहरुलाई प्रथमिकता दिई प्रवद्र्धन गर्ने लक्ष्य आयोजकको रहेको छ । खाना महोत्सवको लागि कृष्ण मन्दिर ओरालोको थाहा गेट र बिकास घरको आँगनमा स्टल ब्यवस्थापन गरिएको स्टल ब्यवस्थापन समिति संयोजक बिश्वनाथ रायमाझीले बताए ।

सांस्कृतिक कार्यक्रम

मेलाकै अवसरमा श्रावण ३० गतेदेखि भाद्र १ गतेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । सास्कृतिक कार्यक्रममा लोकदोहोरी गायिका प्रतिमा अर्याल, गायक धिरज राई, बिश्व नेपाली, रमेशराज भट्टराई, सरोज लामिछाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

झाँकी र लिटल राधाकृष्ण प्रदर्शनी

मेलाको दोस्रो दिन स्थानीय नेवार, तामाङ समुदायको परम्परागत झाँकी प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सोही दिन केही बर्षदेखि नियमित सञ्चालन गरिएको लिटल राधाकृष्ण प्रदशनी हुनेछ । लिटल राधाकृष्ण प्रदर्शनीमा सहभागी हुने सबैलाई उपहारका साथै उत्कृष्ठ सहभागीलाई नगद पुरस्काररको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

घैटो फुटाउने प्रतियोगिता

मेलाको तेस्रो दिन घैटो फुटाउने प्रतियोगिता हुनेछ । घैटो फुटाउने प्रतियोगिता विगत २८ वर्षदेखि निरन्तर रूपमा सञ्चालनमा आएको छ । प्रतियोगितामा घैटो फुटाउन सफल समूहलाई सदा झै नगद पुरस्कारको ब्यवस्था गरिएको छ । घैटो फुटाउने प्रतियोगिताको सम्भावित जोखिमलाई कम गर्नको लागि अधिकतम सुरक्षाको ब्यवस्था गर्ने संयोजक सुमन बिष्टले बताए ।

यातायात व्यवस्थापन

मेला त्रिभुवन राजपथको मुख्य सडक क्षेत्रमा हुने भएकाले सडकमा अवरोध नहुने गरी व्यवस्थापन गरिने मेला ब्यवस्थापन समिति संयोजक यादवजंग रायमाझीले बताए । कार्यक्रमका लागि आवश्यक संरचना सडकलाई कम प्रभाव पर्ने गरि निर्माण गरिनेछ भने यातायात सहज बनाउन वैकल्पिक मार्गको प्रयोगको व्यवस्था मिलाइनेछ ।

‎घैटो फुटाउने दिन हेटौंडा तथा काठमाण्डौ जाने सवारी साधनलाई करिव ३ घण्टाका लागि थाहा नगर उद्योग वाणिज्य संघको भवनदेखि रुप्से किटेनी सडक अन्तरगत ४ नम्बर वडा कार्यालय प्राथमिक स्वास्थ्य केन्द्र सडक वा किटेनी हुँदै बसपार्क–थानाबजारसम्मको बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

‎मेला अवधिभर करिव ३ सय जना स्वंसेवक परिचालन हुने र थाहा नगर प्रहरी, इलाका प्रहरी कार्यालय पालुङ, सशस्त्र प्रहरी लगायतले सुरक्षा ब्यवस्थापनमा सहयोग गर्ने आयोजकले जनाएको छ । साथै कृष्ण मन्दिरमा पुजागर्न आउने भक्तजनहरुको लाईन ब्यवस्थापन लगायतको स्वयंसेवाको लागि दामन चेली समाजले सहयोग गर्नेछ ।

‎‎कृष्ण जन्माष्टमी मेला धार्मिक आस्थासंगै सांस्कृतिक सम्पदाको प्रतीक भएकाले सबै भक्तजन र दर्शकलाई अनुशासित रूपमा सहभागी हुन अनुरोध आयोजकले गरेको छ। मेलामा सहभागी हुँदा भीड व्यवस्थापनमा सहयोग गर्न, यातायात नियम पालन गर्न र वातावरण स्वच्छ राख्न आग्रह गरिएको छ।

मेलाकै अवसरमा बजार क्षेत्रमा बाल खेल स्थलका साथै बिभिन्न सामग्रीहरुको ३ सय भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*