बागमतीका निवर्तमान वन मन्त्री सिलवालकोे बिदाई

अखबार हब
२०८२ श्रावण २३, बिहीबार १५:४८

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका निवर्तमान मन्त्री कृष्ण प्रसाद सिलवाललाई बिदाई कार्यक्रम सम्पन्न भएको छ । बिहीवार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बिच मन्त्री सिलवाललाई बिदाई गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश वन निर्देशनालयका निर्देशक विद्यानाथ झाले निवर्तमान मन्त्रीसँग निरन्तर समवन्य गर्दे आफू मातहतमा रहेको कार्यालयले काम गरेको बताउनुभयो । उहाँले मन्त्रीज्यूले निरन्तर दिनुभएको सल्लाह सुझाव बमोजिम कामहरू गरेर सफलतापूर्वक सम्पन्न गरेको समेत जानकारी गराउनुभयो ।

कामगर्ने क्रममा उहाँको अनुशासन र इमान्दारिताबाट सबैलाई प्रेरणा समेत मिलेको बताउनुभयो । यस्तै कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीले निर्वातमान मन्त्रीले गलत काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गर्नुभएको स्मरण गर्दे खुशी व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा मन्त्रालयका सचिव डा. केदार बरालले निवर्तमान मन्त्री सिलवालसग काम गर्न निकै सहज रहेको बताउनुभयो । उहाँको कार्यकालमा धेरै सम्झना लायक कामहरू मन्त्रालयले गरेको समेत बताउनुभयो ।

यस्तै मन्त्रालयको उद्देश्य प्राप्तीको निम्ति उहाँले देखाउनु भएको मागदर्शन निर्देशनकै कारणले गर्दा मन्त्री ज्यूको कार्यकालमा उल्लेखनीय काम गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान मन्त्री कृष्ण प्रसाद सिलावालले मन्त्रालय र मन्त्रालय मातहत रहेका इमानदार र लगनशील कर्मचारीहरूका कारण मन्त्रालयले आफ्नो कार्यकालमा निकै धेरै उपलब्धिमूलक कामहरू गर्न सफल भएको बताउनुभयो । यस्तै उहाँले मन्त्रालयको उद्देश्य अनुरूप इमानदारी पूर्वक कार्य गरेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा वर्तमान मन्त्री भरत बहादुर केसीले मन्त्रालयले पुर्व मन्त्री ज्यूले प्रदेशको वन तथा वातावरण क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउन ल्याउनु भएको विकासको खाकालाई निरन्तरता दिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*