प्रेस युनियनको सय दिने सदस्यता अभियान, १२ उतिर्णलाई मात्र सदस्यता
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान गर्ने उद्देश्यसहित एकसय दिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
श्रावण ४ गते आइतबार काठमाडौंमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार उक्त अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ ।
अभियानअन्तर्गत कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले स्पष्ट पारेका छन् ।
सोमबार हेटौंडा सम्पन्न नेपाल प्रेस युनियन मकवानपुरको कार्यसमिति बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीहरूलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियान समेत सञ्चालन गरिने निर्णय गरिएको छ ।
बैठकले केन्द्रीय निर्णय कार्यान्वयन गर्दै मकवानपुर जिल्लामा संगठन सुदृढीकरणका विविध कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले प्रेस युनियन मकवानपुरका सहसचिव प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ । युनियनका सचिव बलराम पुडासैनी हाल देश बाहिर रहेकोले संगठनको कार्यहरुलाई निरन्तर रुपमा गतिशिल र चलायमान रुपले सञ्चालन गर्न धिताललाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।
यसैगरी हेटौंडा सन्देश डटकमका कार्यकारी सम्पादकसमेत रहेका प्रेस युनियनकर्मी सोमलाल घालन ‘भुवन’लाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ ।
युनियन मकवानपुर शाखालेअनुशासनको कारवाहीमा परेर निष्कासित भएका सदस्यहरुलाई केन्द्रको सर्कुलर बमोजिम आत्माआलोचनासहित कारवाही फुकुवाको लागि शाखामा लिखित निवेदन दिन आव्हान समेत गरेको छ ।







