ईन्द्रसरोबरमा ढुङ्गाले लाग्दा मजदुर घाइते

अखबार हब
२०८२ असार २७, शुक्रबार ११:१३

हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-४ मा सडकमाथिबाट आएको ढुङ्गा लागी सडक नालीको काम गर्ने एक मजदुर घाइते भएका छन् ।

आज बिहान करिब सवा ८ बजेको समयमा नालीको काम गरिरहेका खोटाङ जिल्ला लामिडाँडाँ घर भएका अन्दाजी २० वर्षीय केशव मगरलाई ढुङ्गाले टाउको र ढाडमा लागि गम्भीर घाइते भएका हुन् ।

भीरबाट सुख्खा पहिरो झर्दा ढुङ्गाले टाउको र ढाडमा चोट लागि बोल्न नसक्ने अवस्थामा घाइते भएका मगरलाई उद्धार गरी उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*