गुरु पूर्णिमाको अवसरमा भुटनदेवी मन्दिर परिसरमा सरसफाई

अखबार हब
२०८२ असार २५, बुधबार २२:२४

हेटौंडा । गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम हेटौंडाको आयोजनामा आज हेटौंडा–४ स्थित भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

महात्मा पिताम्बरा वाइजीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामा, संयोजन कृष्ण कँडेल र सह-संयोजन कल्पना कँडेल र रेनुका श्रेष्ठले भूमिका खेलेका थिए। कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिको सम्पूर्ण स्वयंसेवक दल र युवा संगठनहरूका प्रतिनिधि तथा भक्तजन गरी करिब ४५ जना सहभागी भएका थिए।

आयोजक मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामाले गुरु पूर्णिमाको अवसरमा मन्दिर परिसर सफा राख्न र धार्मिक स्थानप्रतिको सम्मान व्यक्त गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ”यस कार्यक्रमले धार्मिक उत्सवहरूलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरेको छ।” कार्यक्रमको मुख्य उद्देश्य सामाजिक उत्तरदायित्व र आध्यात्मिक भावनालाई सशक्त बनाउने थियो।

यस सरसफाई कार्यक्रममा स्थानीय समुदायमा व्यापक सहभागिता देखाएको छ। आयोजकहरूले धार्मिक मान्यता र सामाजिक सेवालाई एकसाथ जोड्ने प्रयास गरेको बताएका छन्।

आयोजकहरूले यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको र अझै यस्ता कार्यक्रम गर्ने योजनाहरु रहेको आयोजक स्वयंसेवक दलका सदस्य अर्चना लामाले बताइन्।

यस कार्यक्रमले धार्मिक उत्सवहरूलाई सामाजिक सेवासँग जोड्ने एक सुन्दर उदाहरण प्रस्तुत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*