क्यान्सरका बिरामी सिकारीको घर बनाउन रास्वपा नेताले गरे जस्ता सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङ ज्यामिरे निवासी ५५ वर्षीय दिलबहादुर सिकारीको घर बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका नेताहरुले जस्तापाता सहयोग गरेका छन् । सिकारी क्यान्सर रोगका बिरामी समेत हुन् ।
बुधबार रास्वपा मकवानपुरका उपसभापति प्रकाश गौतम, मकवानपुर क्षेत्र नं १ का सभापति टाकाराज थापा (सुरेश) र क्षेत्र नं २ का क्षेत्रीय सदस्य सरोज बरालले संयुक्तरूपमा क्यान्सरका बिरामी सिकारीको घर बनाउन ४० हजार बराबरको २८ थान पाता जस्ता सहयोग गरेका हुन् ।
यस सहयोगबाट पीडित परिवारको आवास निर्माणमा राहत पुग्ने विश्वास गरिएको छ। समाजसेवा र विपन्न नागरिकका पक्षमा सधैं अग्रसर रहँदै आएका यी नेताहरू यसअघि पनि विभिन्न ठाउँका व्यक्तिहरू, संघसंस्था तथा विपद्पीडितहरूलाई निरन्तर सहयोग गर्दै आइरहेका छन्। कार्यक्रममा बकैयागाउपालिका सभापति अमर दङ्गाल लगायत स्थानीय नेताहरुको उपास्थित् रहेको थियो।







