निजगढमा करेन्ट लागेर एकको मृत्यु

अखबार हब
२०८२ असार २०, शुक्रबार २२:४४

निजगढ । बाराको निजगढमा करेन्ट लागेर एक जना युवकको मृत्युभएको छ । बारा निजगढ नगरपालिका–८ स्थित बकैया टोलका ३४ वर्षीय रवि सापकोटाको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार साझ निजगढ वडा नं.५ प्रतिक्षा टोल स्थित सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गर्ने क्रममा करेन्ट लागी घाइते भएका सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो।

घाइते सापकोटालाई तत्काल निजगढस्थित सामुदायिक प्रसूति अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित बयोदा अस्पताल पठाइएको थियो । तर, उपचारकै क्रममा राति ८ः५१ बजे चिकित्सकलेमृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*