बारामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

अखबार हब
२०८२ असार १८, बुधबार १७:१५

बारा । बारामा एक युवकले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

कलैया उपमहानगरपालिका(१० मटिअर्वा गाउँका ३५ वर्षीय बच्चा मियाँले सामान्य घरायसी विवादमा २३ वर्षीया पत्नी सहिना खातुनलाई मासु काट्ने दाउले टाउको, घाँटीलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेका हुन्।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार बच्चालाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*