चितवन दुर्घटना अपडेटः मृतक एक जना गर्भवतीसहित ७, घाइते २४ (सूचीसहित)
चितवन । चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदाका घाईते र मृतकको पहिचान खुलेको छ ।
चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको थियो। दुर्घटनामा घाईतेको संख्या २४ जना पुगेको छ ।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएर दुर्घटना भएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ।
मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष रहेका छन्।
घाइतेहरूको पुरानो मेडिकल,नयाँ मेडिकल कलेज र भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।
मृतकहरू :
१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।
२) मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला ।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४/२५ वर्षीया महिला ।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीया पुरुष ।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला ।
७) नामथर वतन नखुलेका अन्दाजी ३५/४० वर्षीया पुरुष ।
यी हुन घाइतेहरू:
१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।
२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।
३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।
४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।
५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।
६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।
७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।
९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।
१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।
११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।
१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।
१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।
१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।
१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।
१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।
१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।
२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।
२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।
२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।
२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।
२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।







