थाहा नगर उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा

अखबार हब
२०८२ असार ६, शुक्रबार २२:४४

मकवानपुर । छैठौं संस्करणको थाहा नगरस्तरीय उपमेयर कप ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ ।

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा असार ७ गते शनिवारदेखि सुरु हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहनेछ।

थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक भएसंगै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको संयोजक शुसान्त श्रेष्ठ (च्याङ) ले बताए । उनले शनिवार बिहान ८ बजे प्रतियोगिताको उद्घटन हुने बताए ।

थाहा आन्दोलनका प्रेणता रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा थाहा नगरपालिकाका स्थानीय संगै थाहा नगरभित्र कार्यरत कर्मचारी पनि सहभागी हुनेछन्।

प्रतियोगितामा विजेता टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १२ हजार, तेस्रो हुने टिमले नगद ६ हजार ५ सय, र उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा शिखर क्लब र फरक सोच सहयोगी संस्थाको रूपमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*